हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत 

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पार्टपुर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो । हेलिकप्टर दुर्घटना भएको सूचना प्राप्त लगत्तै घटनास्थल पुगेर हेलिकप्टरमा लागिरहेको आगो निभाएर च्यापिएका यात्रुको शवलाई थप क्षति हुन नदिई तदारुकताको साथ साहसिक उद्धार कार्यमा खटिएका, अन्य निकायसँग प्रभावकारी समन्वय गरेका र घटनास्थलमा यत्रतत्र छरिएका यात्रुको सामग्री र हेलिकप्टरका पाट पुर्जाको भरपर्दो सुरक्षा व्यवस्था मिलाएका प्रहरीलाई सम्मान गरिएको हो ।

‘नगद रुपैयाँसहित प्रशंसा पत्रबाट पुरस्कृत भएका प्रहरीको रेकर्ड अभिलेख किताबखानामा समावेश गर्न सिफारिस गरिएको छ’, प्रहरी प्रमुख कोइरालाले भने, ‘आपत्कालीन परिस्थितिमा संयततापूर्वक पुर्‍याएको उच्च योगदान प्रहरी गरिएको कदरले अन्य प्रहरी कर्मचारीलाई हौसला मिल्नेछ । आगामी दिनमा थप सकारात्मक नतिजा प्राप्त गर्न सकिनेछ ।’ सम्मानित हुनेमा प्रहरी हबल्दार आशबहादुर गुरुङ, राजन खत्री र दीपेन्द्र पण्डित, प्रहरी सहायक हबल्दारहरू सुवास खत्री, कमल सापकोटा र गणेशप्रसाद तिवारी रहेका छन् । प्रहरी जवानहरू तुर्कबहादुर शाही, अशोक गाहा, सङ्गम कोइरी र विजन गुरुङलाई हेलिकप्टर दुर्घटनाको क्रममा उद्धार, समन्वय र सुरक्षामा पुर्‍याएको योगदानको कदर गर्दै नगद रुपैयाँसहित सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय किताबखाना लैनचउरलाई गराएको हो ।

गत साउन २३ गते त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरका क्याप्टेन अरुण मल्लसहित सवार चार जना यात्रु (चिनियाँ नागरिक) को निधन भएको थियो ।

  • Related Posts

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ चैत । आज विश्व मुख स्वास्थ्य दिवस । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन’ भन्ने रहेको छ । यस…

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०६ चैत । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-