विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, साउन २२ गते । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिलका स्थानीयबासीहरूले ११ वटा महादेवस्थान धार्मिक तीर्थ यात्रा सम्पन्न गरेका छन् । मलमास, पुरुषोत्तम मास, चर्तुमासको अवसर पारी विभिन्न ११ वटा महादेव मन्दिरहरूमा पुगी पूजाअर्जचना गरेका छन् ।
१५ जना तीर्थयात्रीको सहभागिता रहेको उक्त धार्मिक यात्रा साउन १९ गते शुक्रबार बिहान ६ बजे गौरीघाटबाट सुरुवात भई लड्केश्वर महादेव (पस्थली), फड्केश्वर महादेव (बल्थली), इन्द्रेश्वर महादेव (पनौती), मुक्तिनाथ महादेव (पनौती), धनेश्वर महादेव (बनेपा), चण्डेश्वर महादेव (बनेपा), गौखुरेश्वर महादेव (धुलिखेल), आशापुरेश्वर महादेव (भक्तपुर) डोलेश्वर महादेव (भक्तपुर) र कोटेश्वर महादेव, गगनेश्वर महादेव (कोटेश्वर) गरी ११ महादेव मन्दिरको दर्शन धार्मिक यात्रा तय गरिएको कार्यक्रम संयोजक भरत श्रेष्ठले बताउनुभयो ।