दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०९ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्साले सीमावर्ती ईलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार-पसारमा कडा निगरानी राख्दै Intelligence Led Operation हरु तिब्र रुपमा संचालन गर्दै आईरहेको छ ।
सोही क्रममा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले लागु औषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागु औषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरुप पर्सा जिल्लामा प्रभावकारी रुपमा लागु औषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ ।

सोही क्रममा विशेष सुचनाको आधारमा मंगलबार पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०५, बटसौरा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा बाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेती ईलाकामा परालको कुन्यु भित्र लुकाई छिपाई राखेको २ सय १३ किलो ग्राम (दुई क्वीन्टल तेर्ह किलो ग्राम) २० वटा पोकामा प्याक गरिएको अवस्थामा) गाँजा बरामद गरिएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।










