१५ देशका ऊर्जा विशेषज्ञको सहभागितामा काठमाडौँमा सुरु भयो पावरकन सम्मेलन

काठमाडौँ । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरूको संस्था आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।

पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १०० प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिए । पावरकन नामले चिनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ऊर्जा प्रणालीसम्बन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै आई ट्रिपल ई-पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले यो सम्मेलनले ऊर्जा क्षेत्रमा अहिले भइरहेका र भोलि हुने परिवर्तनले भविष्यको पुस्तालाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयलाई दिशा निर्देश गर्ने बताइन् । यो संसारभरिका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने महत्त्वपूर्ण कार्यक्रम भएको उनले बताइन् ।

अष्ट्रेलियन इनर्जी मार्केट अपरेटरका रणनीतिक सल्लाहकार डिन सर्राफीले अहिलेको विश्व ऊर्जा संक्रमणको चौबाटोमा रहेको बताए ।

यस्ता परिवर्तनबारे जान्न र भोलिको भविष्यमा के गर्ने भन्नेबारे छलफल गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने उनले बताए ।

आईट्रिपलई-पीईएसका भाइस प्रेसिडेन्ट निर्मल नायरले ऊर्जा क्षेत्रका चुनौतीपूर्ण विषयहरूमा विद्यार्थीहरूलाई पारंगत बनाउन आईट्रिपले इन्जिनियरहरूलाई छात्रवृत्ति दिइरहेको जानकारी दिए ।

ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय ऊर्जा अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरका अध्यक्ष प्रा. नवराज कार्कीले यति महत्त्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा रहेको बताए ।

चाइनिज सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियरिङ र आई ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीको पहलमा सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरूमा आयोजना हुने गरेको छ । अहिले काठमाडौँमा यसको १६औँ संस्करण भइरहेको हो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 26 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 29 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 41 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 19 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 31 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद