२७ सय नाघेर झर्‍यो सेयर बजार

काठमाडौँ । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ ।

कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । दोस्रो पटक ११ : ४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूहको सूचक २.५२ प्रतिशत बढ्यो । त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढे ।

लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो । बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटे ।

गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपरस्यांगे हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सानिमा जीआईसी इन्स्योरेन्सको मूल्य ९.९, एक्सल डेभलपमेन्ट बैंकको ९.९ प्रतिशत मूल्य बढ्यो । राम्रो लाभांश घोषणा गरेको स्टान्डर्ड चार्टर्ड बैंकको मूल्य ५.६५ प्रतिशत बढ्यो ।

  • Related Posts

    त्रिपाठीको नेतृत्वमा नेपाल मोबाइल वितरक संघको नयाँ कार्यसमिति निर्विरोध चयन

    Santosh Mishra (Criminal Cases Reporting) रघु त्रिपाठीको नेतृत्वमा नेपाल मोबाइल वितरक संघको नयाँ कार्यसमिति निर्विरोध चयन मोबाइल व्यवसायमा सुधार र ऐक्यबद्धताको प्रतिबद्धता सहित रघु त्रिपाठी संघको अध्यक्षमा निर्विरोध निर्वाचित नेपाल…

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 4 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-