काठमाडौँ, पुस २७ गते । ″थारु संस्कृतिको संरक्षण, संबद्र्धन र प्रबद्र्धनमा हाम्रो अभियान, समानुपातिक पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने मुल नाराका साथ माघ पर्व मनाउने भएको छ । माघे संक्रान्तीको अवसर पारी काठमाडौँको टुँडिखेलमा दुई दिने माघी पर्व मनाइने भएको छ । अगामी पुस २९ र माघ १ गते टुँडिखेलमा मनाउने जानकारी थारु कल्याणकारी सभा केन्द्रिय समितिले बुधवार पत्रकार सम्मेलनमार्फत दिएको हो ।
थारु कल्याणकारिणी सभा केन्द्रिय समितिको मुल आयोजना तथा थारु विद्यार्थीसमाजलगायत थारु संघसंस्थाहरुको संयुक्त सहभागिता हुने उक्त पर्वमामा माघ पर्व दुई दिन टुँडिखेलमा भव्यताको साथ मनाउने भएको छ । उक्त माघ महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयोजकले जनाएको छ ।
थारु समुदायमा माघ पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यको लागि गाउँको नेतृत्व चयन, नयाँ आर्थिक हिसाव किताब, कामको समीक्षा गरिने भएकाले सामाजिक, सांस्कृतिक, धार्मिक आस्थासँग यो पर्व जोडिएको छ । माघ पर्वलाई अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी राष्ट्रियस्तरमा थारु माघ महोत्सव मनाउन सके मात्र थारु जातिको संस्कृतिको संरक्षण र आर्थिक विकासमा टेवा पु¥याउन सकिने माघ महोत्सव २०८० का संयोजक तथा थाकस महामन्त्री प्रेमीलाल चौधरीले बताए ।
महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको लागि प्रेमीलाल चौधरीको संयोजकत्वमा थारु राष्ट्रिय माघ महोत्सव मुल आयोजक समिति तथा उपसमितिहरु गठन गरिएको छ । जसमा आर्थिक व्यबस्थापन उपसमितिको संयोजकमा सुमन चौधरी, स्टल व्यबस्थापनको समितिको संयोजकमा चन्द्र प्रकाश चौधरी, प्रचार प्रसार संयोजकमा प्रदिप लेखी, किशोर चौधरी, सहदेव चौधरी, विज्ञापन व्यवस्थापन संयोजकमा चन्द्रप्रसाद चौधरी रहेका छन् ।
त्यस्तै, सांस्कृतिक उपसमिति संयोजकमा नन्दुराज चौधरी, राम स्वागत चौधरी, मोटर साइकल ¥याली व्यबस्थापनमा अधिकार चौधरी, ब्लड डोनेशनमा पुष्पा चौधरी, झाँकी व्यवस्थापनको संयोजकमा बर्दियाली विकास मञ्च, निसराउ व्यबस्थापनमा थारु महिला सभा÷थारु महिला समाज र अग्रासन महिला समुह, जिता मार्ने उपसमितिमा बर्दियाली विकास मञ्च, फोहोर व्यबस्थापनमा जोगा चौधरी र शुत्रघन प्रसाद चौधरी रहेका छन् ।महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यका साथ मोटरसाइकल ¥याली पुस २९ गते विहान ७ बजे तीनकुनेबाट शुरु भई भृकुटीमण्डपमा समापन हुनेछ ।
माघ १ गते १० बजे झाँकी ¥याली बसन्तपुरमा जम्मा भई रत्नपार्क परिक्रमा गरी टुँडिखेलमा मुल समारोहमा परिणत हुनेछ । महोत्सवलाई सफल बनाउन करिब १५ लाख लागत लाग्ने आयोजक समितिले जनाएको छ ।