८ लाख ३७ हजार नयाँ मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगमा ८ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

प्रतिनिधिसभा सदस्यको फागुन २१ को निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरिएको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सीमासम्म ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयमा गएर ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० नयाँ मतदाताले आवेदन दिएका हुन् । फागुन २१ गतेको निर्वाचनका लागि गत असोज ९ गतेदेखि नयाँ मतदाता नामावली संकलन सुरु गरिएको थियो । संकलित मतादातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली मंसिर २० गते प्रकाशन गरिनेछ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म https://applyvr.election.gov.np वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ। सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।’

आयोगले २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने जनाएको छ ।

थपिएका मतदातासहित कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६ सय ६४ पुगेको निर्वाचन आयोगले जनाएको छ । २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।

  • Related Posts

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, सुवर्णपुर ले आज दिउँसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा ९१ किलो…

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।  उच्च अदालत तुलसीपुर्को बुटवल…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 101 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 105 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट