इजरायली हवाई आक्रमणमा गाजामा १७ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमणमा हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरायली सेनाले उग्रवादी समूहलाई पूर्ण रूपमा नष्ट गर्ने लक्ष्यसाथ गरेको निरन्तर आक्रमणले गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।

हालैका महिनाहरूमा, इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारबाही सञ्चालन गरिरहेका छन् । इजरायली सेनाले आइतबार आफ्नो सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रलाई घेराबन्दी गरेको बताएको छ ।

“इजरायली सेनाले उक्त क्षेत्रलाई सफलतापूर्वक घेरेका र हाल उक्त क्षेत्रमा सक्रिय छन्”, सेनाले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

हमासद्वारा सञ्चालित गाजाका नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले जबलियामा रातारात हमला भएको बताए । “जबालियामा भएको इजरायली हवाई आक्रमणमा नौ बालबालिकासहित १७ जना मारिएका छन्”, उनले भने ।

  • Related Posts

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    काठमाडौँ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित…

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो । भारतीय समाचार संस्था पिटिआईका अनुसार…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 159 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 46 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 37 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 37 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु