काठमाडौँ उपत्यकामा चोरीका ५३ दुईपाङ्ग्रे सवारी साधन धनीलाई फिर्ता

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले बिहीबार आयोजित कार्यक्रममा ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बरामद गरिएका सवारी साधन धनीलाई जिम्मा लगाएका थिए । कार्यालयमा दर्ता भएका निवेदन तथा विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा ती सवारी साधन फेला पारिएको जनाइएको छ ।

प्रहरीका अनुसार केही सवारी साधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन र चागललगायत स्थानबाट बरामद गरिएको हो ।

आज फिर्ता गरिएका ५३ सहित चालु आर्थिक वर्षको साउनयता २९६ वटा दुईपाङ्ग्रे सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको कार्यालयले जनाएको छ । साथै चोरीमा संलग्न रहेको आरोपमा १६ वटा चोरीका सवारी साधनसहित २९ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा पठाइएको छ ।

सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरेका थिए । 

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ र २०८१/०८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई जिम्मा लगाइएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक तथा डिस्क लक प्रयोग गर्न, सुरक्षा साइरन र जिपिएस जडान गर्न तथा सुनसान स्थानमा पार्किङ नगर्न आग्रह गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उनले बताएका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 76 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 30 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 50 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 37 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 36 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 40 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची