काठमाडौँ महानगरका १० वटा वडाका ५०९ वटा स्थानको मौलिक नाम यकिन

काठमाडौँ महानगरका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम एकिन गरेको हो । तेस्रो चरणमा थप ८ वटा वडाहरुको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यस सम्बन्धी जानकारी दिइएको हो । 

तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गर्नुभएको हो । यस चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का वस्ती तथा स्थानहरुको मौलिक नामको अध्ययन गरिनेछ । 

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शव्द मात्र नभएको उल्लेख गरिन । उनले भनिन्- ‘हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रुपमा लिन हुँदैन । परिचय पाटी राख्दा दृश्य प्रदुषण हुने गरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नविझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।’

पहिलो चरण र दोस्रो चरणमा भएका काममध्ये पहिचान भएका ठाउँमा परिचय पाटी राख्ने काम तत्काल सक्नु पर्नेमा जोड दिँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भने- ‘नाम लेख्दा एउटै शव्दको प्रयोग गर्नुहोला । इन्द्रचोकमा राखिएको बोर्डमा इन्द्रचोक पनि राखियो । वंघ पनि राखियो । यसरी नाम राख्दा हामीले फिर्ता गर्न खोजेको इतिहास स्थापित गर्न कठिन हुन्छ । त्यसैले, प्राचीन र मौलिक नाम नै परिचय पाटीमा राख्नुपर्छ ।’ अध्ययन गर्दा प्राप्त भएका कथ्य तथ्यलाई लिखित प्रमाणमा आधारित बनाउन प्रयत्न गर्नु पर्ने, नामलाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्नेमा संगतको जोड थियो ।

विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं. ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं. ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा वस्तीहरुको मौलिक एवं प्राचीन नामांकरण सम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको हो । 

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पाइएका नामहरुलाई स्थानीयबासी, समुदाय, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गराइन्छ । 

वडा नं. ५ हाँडीगाउँका नामले परिचित छ । यस ठाउँको प्राचीन नाम नरः हो । यस क्षेत्रभित्रका विभिन्न ५२ वटा ठाउँको मौलिक नाम भेटिएको छ । वडा नं. ६ बौद्धको प्राचीन नाम खस्योरः/खास्ती हो । यस क्षेत्रभित्रका ५० वटा प्राचीन नाम भेटिएका छन् । वडा नं. ७ चाबहिलको प्राचीन नाम चावहीः हो । यस क्षेत्रमा ७१ वटा ठाउँको प्राचीन नाम पाइएको छ । वडा नं. १८ नरदेवीको प्राचीन नाम ङेतः हो । यस क्षेत्रभित्रका ३६ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. २४ मखनका नामले परिचित ठाउँको प्राचीन नाम मखं हो । यस क्षेत्रका ४९ वटा मौलिक नाम पाइएका छन । ०८० साल जेठ १८ गतेदेखि मंसिर मसान्तसम्म पहिलो चरणमा यी वडाहरुको अध्ययन भएको गियो ।

 २०८१ बैशाख ९ गतेदेखि असोज मसान्तसम्म दोस्रो चरणको अध्ययन भयो । यस चरणमा अध्ययन गरिएको वडा नं. ८ जयबागेश्वरीको प्राचीन नाम पनि जयवागेश्वरी नै हो । महालक्ष्मी, महाकाली र महासरस्वतीका शक्ति मिलेर उत्पत्ति भएकी जयवागेश्वरी तान्त्रिक देवी हुन् । यस वडामा मूल १८ वटा र सहायक ४४ वटा गरी ६२ वटा ठाउँको मौलिक नाम पाइएको छ । 

वडा नं. १७ धोवी चौरको प्राचीन नाम येँपिख्यः हो । यस वडाभित्रका २३ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. १९ दमाइटोलका नामले परिचित छ । यस क्षेत्रको प्राचीन नाम दमै टोल हो । यस वडाभित्र मुल ३८ तथा सहायक ९ वटा गरी ४७ वटा वटा स्थान प्राचीन नामका पाइएका छन् । वडा नं. २० क्षेत्र भीमसेन स्थान हो । यस क्षेत्रको प्राचीन नाम तव हो । यस वडाभित्र ४९ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. २५ मासंगल्ली कोे नाम मसां गल्ली हो । अध्ययनका क्रममा यस वडाभित्र मुल ४७ तथा सहायक २६ वटा गरी ७३ वटा वटा ठाउँको मौलिक नाम पाइएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 72 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 27 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 44 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 34 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 37 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची