दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, १९ असार । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र आज संयुक्त राष्ट्र संघलाई हस्तान्तरण गरिएको छ ।

सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र एन. एफ. एन. जे. का राष्ट्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले एन. एफ. एन. जे. का नेता राजु नापित र सिर्जना नेवाको उपस्थितिमा संयुक्त राष्ट्र संघ नेपालका प्रतिनिधि सिम्रिका शर्मालाई घोषणापत्र हस्तान्तरण गरेका हुन् ।

“नेपालमा मातृभाषा पत्रकारिताको सम्बन्धमा एन. एफ. एन. जे. र एस. जे. एफ. सँग काम गर्न र सहकार्य गर्न संयुक्त राष्ट्र संघ सकारात्मक छ,” शर्माले भनिन् । उनले मातृभाषा संरक्षणका लागि एन. एफ. एन. जे. र एस. जे. एफ. ले गरेको पहलको पनि प्रशंसा गरेकी छन् ।

सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले सम्मेलनको उद्देश्य स्पष्ट पार्दै मातृभाषा पत्रकारिताको पहलमा संयुक्त राष्ट्र संघलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

एन. एफ. एन. जे. का अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले १३ र १४ जुन २०२५ मा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्रलाई पनि समर्थन गर्न संयुक्त राष्ट्र संघलाई आग्रह गरेका छन्।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 161 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 47 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 39 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 39 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु