वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २४ असार । भू–जल सतह घटेपछि वीरगंजमा पानीको चरम अभाव देखिएको छ । चापाकलहरू सुक्न थालेपछि नगरवासीको दैनिक जीवनमा गम्भीर असर पारेको छ । खाना पकाउने, सरसफाइ, पशुपालन जस्ता आधारभूत कामसमेत प्रभावित भएका छन् ।

यस्तो संकटको घडीमा वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको छ । खानेपानी संस्थानबाट सेवा नपुगेका ठाउँहरूमा बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्‍याउने काम तीव्र पारिएको हो ।पानी अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरण व्यवस्था गरिएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले पानीको चरम संकटलाई प्राकृतिक आपत्‌को रूपमा व्याख्या गर्दै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । महानगर प्रमुख सिंहले भन्नुभयो “यो सामान्य संकट होइन, गम्भीर प्राकृतिक अवस्था हो । तत्काल राहतसँगै दीर्घकालीन समाधानमा पनि हामी क्रियाशील छौं ।“

महानगरले खानेपानी संस्थानसँग समन्वय गरी केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरेको छ । सीमित स्रोतबीच पनि ३२ वटै वडामा पानी पुगोस् भन्ने लक्ष्यसहित वितरण तालिका लागू गरिएको छ ।महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिएको छ ।महानगरले पानी संकटको समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महानगरले आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली र भू–जल व्यवस्थापनका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने बताएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 161 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 47 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 39 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 39 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु