साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै  व्यवसायिक क्लब फुटबलमा घाइते खेलाडीको उपचारको जिम्मा क्लबकै हुने प्रचलन रहेको उल्लेख गर्दै साम्बाको उपचारमा एन्फा सक्रिय रहेको उल्लेख गरेका छन् । साथै साम्बाले आफ्नो इच्छाअनुसार कतारमा उपचार गराउन चाहँदा एन्फाले आवश्यक सबै पहल र समन्वय गरिसकेको प्रवक्ता शाहले बताएका छन् ।

साम्बाको घुँडामा चोट लागेको विषयमा एन्फा पूर्णरूपले जानकार रहेको र र उनको उपचार सुनिश्चित गर्न सबै आवश्यक पहल गरिरहेको बताएका छन् । उनले भनेका छन्-  ‘राष्ट्रिय टोलीकी कप्तानलाई परेको यो पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा छ र उहाँलाई यथाशीघ्र मैदानमा फर्काउने हाम्रो प्रतिबद्धता छ ।’

एन्फाले औपचारिक पत्राचार मार्फत कतार फुटबल संघसँग साम्बाको उपचारका लागि समन्वय गरिसकेको बताएको छ । यसअघि पनि राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगरको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोरेको थियो र ती खेलाडीहरू हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको एन्फाले उल्लेख गरेको छ ।

यसअघि साम्बाले सामाजिक सञ्जालमा एन्फा अध्यक्षले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्ने बाँकी खर्च आफै व्यवस्थापन गर्न भनेको उल्लेख गर्दै आम दर्शकसँग आफ्नो उपचारका लागि सहयोगको याचना गरेकी थिइन् । साम्बाको सो पोष्टपछि एन्फाका पदाधिकारीको सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ भने उनको उपचारको लागि सहयोग गर्ने क्रम शुरु भएको छ । सामाजिक सञ्जालमा आलोचना शुरु भएपछि एन्फाले आफुले पहल गरिरहेको भन्दै विज्ञप्ति निकालेको छ । 

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 76 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 30 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 48 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 36 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 39 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची