हसिनाविरुद्ध बंगलादेशमा अझै ६६३ मुद्धा

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि उनको दल अवामी लिग आन्दोलित बनेको छ ।

अवामी लिगले बन्ददेखि विरोध कार्यक्रम घोषणा गरेको छ । सोमबार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनासहित  पुर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस्तै तत्कालिन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुनलाई यस मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । चौधरीलाई राज्यको साक्षी बसेको आरोप लगाइएको छ ।

बंगलादेशी मिडिया डेली स्टारका अनुसार हसिनाविरुद्ध बंगलादेश भर अझै ६६३ मुद्धा रहेका छन् । र ति मुद्धाहरु आफ्नै किसिमले अगाडी बढ्ने  अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजक मिजनुल इस्लामले जानकारी दिएका छन् । उनका अनुसार पुर्वगृहमन्त्री कमलविरुद्ध २९५ र पुर्व महानिरीक्षक चौधरीविरुद्ध २५९ केस रहेका छन् ।  न्यायाधिकरणले सुनुवाई गरिसकेका आरोप बाहेकका मुद्धाहरु अगाडी बढ्ने इस्लामले बताएका छन् ।

हसिनाले मृत्युदण्ड पाएपछि बंगलादेशले उनलाई प्रत्यर्पण गर्न माग गरे पनि भारतले गुमाउरो भाषामा अस्वीकार गरेको छ । भारत र बंगलादेशबीच रहेको सुपुर्दगी सन्धि अनुसार भारत हसिनालाई प्रत्यर्पण गर्न बाध्य नहुने व्यवस्था रहेको छ । भारतले आफ्नो विज्ञप्तिमा हसिनालाई मृत्युदण्ड दिइएको घटनालाई ‘नोट’ गरेको उल्लेख गर्दै नजिकको छिमेकी देशको हिसाबले बंगलादेशका जनताको इच्छामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ । 

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 72 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 27 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 44 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 34 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 37 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची