मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय प्रतिनिधिहरूको सहभागितामा आज बसेको सर्वदलीय बैठकले प्रशासनसँग उक्त स्थानमै कार्यक्रम गर्न अनुमति दिन आग्रह गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले पुरानो बसपार्कमा सुरक्षा चुनौती देखिएको भन्दै आदर्शनगरस्थित रंगशालामा मोहर्रम कार्यक्रम गर्न अनुमति उपलब्ध गराउन भन्दै पत्र काटेपछि स्थानको बारेमा अन्यौलता उत्पन्न गराएको थियो ।

सर्वदलीय बैठकले मोहर्रम धार्मिक पर्व विगत केही वर्षदेखि पुरानै बसपार्कमा निरन्तर हुँदै आएको र सो स्थानमा कार्यक्रम गर्न कुनै समस्या नरहेको भन्दै पूर्व निर्धारित निर्णयअनुसार बसपार्कमै कार्यक्रम गराउन स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गर्‍यो ।बैठकले आदर्शनगर रंगशाला खेलकुदका लागि तोकिएको स्थान रहेको र त्यहाँ धार्मिक वा अन्य कार्यक्रम नगरिएकाले त्यसलाई खेलकुद प्रयोजनकै लागि उपयोग गर्नुपर्नेमा बैठकले जोड दिएको थियो ।

खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै धार्मिक सहिष्णुता र परम्पराको सम्मानका लागि मोहर्रम कार्यक्रम बसपार्कमै गरिनुपर्ने बैठकमा सहभागिहरुले बताएका थिए ।

वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त सर्वदलीय बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव तथा महानगर उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल नेपाली, नेकपा (एस) का नेताहरू बालगोपाल थापा, मनोज कुमार चौधरी र वृजलाल पासवान, नेकपा (एमाले) का जिल्ला सचिव महेश दास तथा महानगर उपाध्यक्ष रामकिशोर सिंह (पराग), नेकपा (माओवादी केन्द्र) का अध्यक्ष विजय महतो, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वरचन्द्र यादव, जनमत पार्टीका नगर अध्यक्ष महादेव शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बैठकले मोहर्रमको सफल र शान्तिपूर्ण सम्पन्नताका लागि सबै पक्षले संयमता अपनाउनुपर्ने, समुदायबीच सम्वाद र समझदारी कायम गर्नुपर्ने तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 161 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 47 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 39 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 39 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु