ट्रम्प र सी जिनपिङबीच के के विषयमा भयो सहमति ?

काठमाडौँ । दक्षिण कोरियामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा महत्वपूर्ण सहमति भएको छ ।

ट्रम्पले उनी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुर्लभ पृथ्वी खनिजहरूको बारेमा सम्झौता गरेको जानकारी दिएका छन् । जस अनुसार चीनले अर्को वर्षसम्म अमेरिकालाई दुर्लभ खनिज आपूर्ति गर्न सहमत भएको छ । वार्तामा ट्रम्पले चीनमा लगाइएको फेन्टानिल (एक लागूऔषध पदार्थ) मा कर घटाएर १० प्रतिशतमा झार्न सहमत भएको जानकारी दिएका छन् । यसबाट चीनमा अमेरिकाको कुल कर अब ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा झरेको छ ।

ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे एयर बेसमा भएको थियो । ट्रम्पले अमेरिका र चीनबीचको सबै विवादहरू समाधान भएको दाबी गरेका छन् । उनले चीनसँगको सम्झौता अर्को वर्षको लागि लम्ब्याउन सकिने पनि बताए, यो सम्पूर्ण विश्वको लागि लाभदायक हुने पनि बताए ।

ट्रम्पले उनी र सीले रूस-युक्रेन द्वन्द्व समाधान गर्न सहयोगको बारेमा पनि छलफल गरेको बताए । उनले भने- ‘बैठकमा युक्रेनको मुद्दा जोडदार रूपमा उठ्यो । हामीले लामो समयसम्म कुरा गर्यौं र यस विषयमा के गर्न सकिन्छ भनेर हेर्न सँगै काम गर्नेछौं ।’

ट्रम्पले वाशिंगटन र बेइजिङ धेरै मुद्दाहरूमा सहमत रहेको बताउदै अमेरिकाले फेन्टानिलको तस्करीमा लगाइएको कर तत्काल हटाउने बताए । उनले चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्ने वाचा गरेको समेत उल्लेख गरेका छन् ।

यस भेटवार्तामा ताइवानको मुद्दा भने नउठेको ट्रम्पले जानकारी दिएका छन् । चीनले सधैं ताइवानको दाबी गर्दै आएको छ, यद्यपि अमेरिकाले मुख्य भूमि चीनबाट टाढा टापुको स्वायत्ततालाई निरन्तर समर्थन गरेको छ । त्यसैले, चिनियाँ राष्ट्रपतिले ट्रम्पसँग ताइवानको मुद्दा उठाउने अपेक्षा गरिएको थियो ।

यसैबीच ट्रम्पले आगामी अप्रिलमा चीनको भ्रमण गर्ने बताए । उनले सीले त्यसपछि अमेरिकाको भ्रमण गर्नेछन्, जहाँ उनी वाशिंगटन, डीसी, वा फ्लोरिडाको पाम बीचमा ट्रम्पको निवास भ्रमण गर्न सक्ने बताइएको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 76 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 30 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 48 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 37 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 36 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 39 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची