साफ यू-१७ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

कोलोम्बो रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।

नेपालले यसअघि खेलेको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले अब दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

  • Related Posts

    पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजलाइ पराजित गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । चितवनले दिएको…

    एनपीएलमा प्लेअफको समीकरण पुरा

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको समीकरण पुरा भएको छ  । जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले…

    पहिलो

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    • December 7, 2025
    • 10 views
    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    • December 7, 2025
    • 11 views
    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    • December 7, 2025
    • 9 views
    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    • December 7, 2025
    • 11 views
    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    • December 7, 2025
    • 12 views
    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-

    • December 6, 2025
    • 119 views
    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-