इन्धन बचत गर्न नेपाल आयल निगमको अपिल

मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले इन्धन बचत गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।

निगमका अनुसार मूल्य समायोजन पूर्ण रूपमा गर्न नसक्दा आर्थिक घाटा अत्यधिक बढेको छ । यसले गर्दा इन्धन आपूर्ति प्रभावित हुने जोखिम समेत बढेको जनाएको छ । हाल निगमको वित्तीय अवस्था कमजोर बन्दै गएको र आपूर्ति शृंखला अवरुद्ध हुन सक्ने सम्भावना देखिएको छ ।

निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १५ रुपैयाँ मात्रै मूल्य बढाएको थियो । तर खरिद मूल्यअनुसार समायोजन हुन नसक्दा पेट्रोलमा प्रति लिटर ३४ रुपैयाँभन्दा बढी, डिजेलमा १२० रुपैयाँभन्दा बढी र एलपी ग्यासमा प्रति सिलिन्डर ४ सय रुपैयाँभन्दा बढी घाटा भइरहेको जनाएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएपछि केही राहत भए पनि निगमलाई अझै दैनिक करिब ६८ करोड रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो अन्तर्राष्ट्रिय मूल्य वृद्धिले भने घाटा बढेर दैनिक झण्डै ९३ करोड रुपैयाँ पुग्ने देखिएको निगमले जनाएको छ ।

यही अवस्थाका कारण निगमले पुनः मूल्य समायोजन गर्न बाध्य भएको छ । जसअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ बढाइएको छ ।

निगमले इन्धन आपूर्ति नियमित राख्न हालै भारतीय आपूर्तिकर्तालाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ भने आगामी किस्ताका लागि थप रकम व्यवस्थापन गर्नुपर्ने दबाब रहेको छ ।

निगमले विश्वका विभिन्न देशमा इन्धन संकटका कारण कडा उपायहरू लागू भइरहेको उदाहरण दिँदै नेपालमा भने स्थिति तुलनात्मक रूपमा राम्रो रहेको उल्लेख गरेको छ । तर संकट सामना गर्न सबै उपभोक्ताले इन्धन प्रयोगमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिएको छ ।

निगमका अनुसार यदि प्रत्येक सवारी चालकले दैनिक एक लिटर इन्धन बचत गर्न सकेमा राज्यलाई ठूलो आर्थिक बचत हुन सक्छ । त्यसैले इन्धन खपत घटाउनु नै अहिलेको अवस्थामा सबैभन्दा प्रभावकारी उपाय भएको भन्दै सहयोगका लागि आग्रह गरिएको छ ।

  • Related Posts

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    काठमाडौँ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार वैदेशिक सहायता अपेक्षित अनुमानभन्दा कम प्राप्त भएको देखिएको छ । प्रतिवेदनअनुसार प्राविधिक सहायतालाई अलग राख्दा वास्तविक रूपमा वैदेशिक अनुदान…

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

    पहिलो

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 7 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 21 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 27 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 30 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 28 views
    अलग भइन्  मौनी रोय