एप्पलको आइफोन १७ ई सार्वजनिक हुदै, कस्ता छन् विशेषता ?

अमेरिकी प्रविधि कम्पनी एप्पल ले मार्च ४ मा विशेष ‘एप्पल एक्सपिरियन्स’ कार्यक्रम आयोजना गर्ने आधिकारिक पुष्टि गरेको छ । गत वर्ष आफ्ना धेरै उत्पादन प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको एप्पलले यसपटक रणनीति परिवर्तन गर्दै प्रत्यक्ष अनुभव केन्द्रित कार्यक्रम गर्न लागेको हो ।

यस कार्यक्रमलाई परम्परागत सार्वजनिक समारोहभन्दा फरक रूपमा ‘एक्सपिरियन्स’ नाम दिइएको छ । यसले सञ्चारकर्मी र प्रविधि विज्ञहरूलाई नयाँ उपकरण प्रत्यक्ष हातमा लिएर परीक्षण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सबैभन्दा बढी चर्चा आइफोन १७ ई को सार्वजनिकरणबारे भइरहेको छ । मध्यम मूल्य वर्ग लक्षित यो फोन कम बजेटमा एप्पलको नवीनतम अनुभव चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर ल्याइन लागिएको चर्चा रहेको छ । यो आकर्षक डिजाइनसँगै शक्तिशाली कार्यसम्पादन हुने दाबी गरिएको छ ।

एप्पलले आफ्नो म्याकबुक एयरमा नवीनतम एम ५ चिप समावेश गर्ने तयारी गरेको समेत चर्चा छ । साथै करिब ७०० अमेरिकी डलर आसपास मूल्य पर्ने किफायती म्याकबुक पनि सार्वजनिक हुन सक्ने अड्कल गरिएको छ । उक्त उपकरणमा पहिलो पटक आइफोनमै प्रयोग हुने प्रोसेसर समावेश गरी लागत घटाउने रणनीति अपनाइने बताइएको छ ।

कार्यक्रमको निमन्त्रणामा पहेँलो, निलो र हरियो जस्ता चम्किला रङ प्रयोग गरिएकाले नयाँ आइप्याड र आइप्याड एयर ती रङमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । यी उपकरणले एप्पलको कृत्रिम बौद्धिकता प्रणाली ‘एप्पल इन्टेलिजेन्स’ पूर्ण रूपमा सपोर्ट गर्ने जनाइएको छ ।

आइफोन १७ इ का प्रमुख विशेषता:

एप्पलको नयाँ स्मार्टफोन १७ ई फोनमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी पर्दा, सेरामिक शिल्ड सुरक्षासहितको अगाडि-पछाडि सिसा र एल्युमिनियम फ्रेम रहने जनाइएको छ । धुलो तथा पानी प्रतिरोधी क्षमता (६ मिटर गहिराइमा ३० मिनेटसम्म) उपलब्ध हुनेछ । यो उपकरणमा एप्पल ए १९ (३ नानोमिटर) चिपसेट, छ-कोर प्रोसेसर र चार-कोर ग्राफिक्स रहने बताइएको छ ।

१२८, २५६ र ५१२ जिबी स्टोरेजसहित ८ जिबी मेमोरी थप गर्न सकिने विकल्प उपलब्ध हुनेछन् । क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य क्यामेरा र १८ मेगापिक्सेल अगाडिको क्यामेरा रहनेछ, जसले ४ के भिडियो रेकर्ड गर्न सक्नेछ । ४००५ एमएएच ब्याट्री, तारयुक्त तथा २५ वाट वायरलेस चार्जिङ सुविधा पनि दिइनेछ । कालो, सिल्भर र बैजनी रङमा उपलब्ध हुने अनुमान गरिएको यस फोनको मूल्य न्युनतम एक लाख २० हजार नेपाली हुने चर्चा छ ।

  • Related Posts

    एआईको अत्यधिक प्रयोगले ‘ब्रेन फ्राइ’ हुने अध्ययनको निष्कर्ष

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानिसको काम सजिलो बनाउने र उत्पादकता बढाउने आशामा प्रयोग हुँदै आएको छ, तर हालैको एक अध्ययनले यसको विपरीत परिणाम देखाएको छ । हार्वर्ड बिजनेस रिभ्युमा प्रकाशित एक…

    युट्युबले फेरि सन्देश पठाउने सुविधा ल्याउदै

    विश्वका ठूला भिडियो प्लेटफर्ममध्ये एक युट्युबले फेरि प्रत्यक्ष सन्देश पठाउने सुविधाको परीक्षण सुरु गरेको छ । विभिन्न प्रतिवेदनका अनुसार केही सीमित प्रयोगकर्ताले एपभित्र नयाँ सन्देश प्रणाली देख्न थालेका छन्, जसबाट…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 28 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 14 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना