नेपाली कांग्रेसले फागुन ३ गते आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो । सभापति गगन थापाले यसअघि नै पार्टीले घोषणा पत्र नभएर प्रतिज्ञा पत्र सार्वजनिक गर्ने बताएका थिए ।










