क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१३ एकान्तकुना बस्ने भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका-६ बौद्ध जोरपाटी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-२० घर भएका ३१ वर्षीय नरेश रेउले र ललितपुर महालक्ष्मी नगरपालिका-२५ नख्खु बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर घर भएका ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् ।  

हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको थियो । सोधपुछको क्रममा उनले दिप्ती र प्रवेशको लागि युएसडीटी खरिद बिक्री गर्ने गरेको भन्ने खुल्न आए पश्चात दिप्तीलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रूपैयाँ सहित र प्रवेशलाई ललितपुर महानगरपालिका-१३ एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा प्रवेशले आफ्नो मोबाइलबाट बिनान्स आइडी प्रयोग गरी हाल सम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रूपैयाँ ४ पैसा रकम बराबरको कारोबार गरेको खुल्न आएको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा सल्यानबाट पक्राउ

    १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका-५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको…

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

     जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 76 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !