चीनले वितरण गरेको साइकल बिरगन्जमा जलाइयो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ फागुन । बीरगंजमा चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको विरोधमा राष्ट्रिय विद्यार्थी परिषद् बीरगंजले लक्ष्मणवा (प्रतिमा )चौकमा प्रदर्शन गर्दै साइकल जलाएका छन् । प्रदर्शनकारीहरूले “चीनको चलाखी अब चल्दैन – मधेसलाई सम्मान चाहिन्छ!” र “पुरानो साइकल, नयाँ धोका – चीन, अब हामीलाई मूर्ख नबनाउ” जस्ता नाराहरू लगाउँदै विरोध जनाए ।विद्यार्थी परिषद्का नेताहरूले चीनले मधेसका विद्यार्थीहरूलाई अपमानित गर्न यस्ता कमसल सामग्रीहरू सहयोगको रूपमा पठाएको आरोप लगाए । एक विद्यार्थी नेताले भने, “हामीलाई झूटो दान होइन, सफा नियत चाहिन्छ । चीनले मधेसलाई फालिएको सामान दिएर बेइज्जत गर्‍यो ।

“प्रदर्शनकारीहरूले चीनको विरोधमा नाराबाजी गर्दै “No fake donations please!” र “Madhesh deserves dignity, not China’s discarded scraps!” जस्ता सन्देशहरू दिएका थिए । विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य रहेको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे । आक्रोशित प्रदर्शनकारीहरूले वितरण गरिएका कमसल साइकलहरूमध्ये केहीलाई प्रदर्शन स्थलमै जलाएका थिए ।

शनिबार गरिएको प्रदर्शनमा स्थानीय बासिन्दासमेत सहभागी भएका थिए । उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेसविरोधी भएको आरोप लगाए। प्रदर्शनकारीहरूले मधेसलाई अनुदानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने कार्य अस्वीकार्य रहेको बताउँदै, यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिए भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो पहिलो पटक होइन जब मधेसमा साइकल वितरणसम्बन्धी विवाद उठेको हो । २०७८ सालमा प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत वितरण गरिएका साइकलमा व्यापक अनियमितता देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमै छापा मारेको थियो ।

अहिलेको घटनामा भने चीनले मधेसलाई सहयोगको नाममा फालिएका र कमसल साइकलहरू पठाएर मधेसको अपमान गरेको आरोप विद्यार्थी नेताहरूले लगाएका छन् । चीनले नेपालमा प्रभाव जमाउन विभिन्न अनुदान र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ, तर गुणस्तरहीन सहयोग र राजनीतिक प्रभाव विस्तारको प्रयासप्रति स्थानीय समुदाय सचेत हुँदै गएका छन् ।

विश्लेषकहरू भन्छन्, “चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीनविरोधी भावना बढाउनेछ ।”स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई “फेक डोनेसन” भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि “विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन” आग्रह गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 76 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 137 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-