जय ट्रफी फाइनल: आर्मीले पुलिसलाई दियो २२७ रनको लक्ष्य

जय ट्रफीको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२८ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो तथा अन्तिम दिन आज पुलिसले उपाधि जित्न २२८ रनको लक्ष्य सहित ब्याटिंग समेत शुरु गरेको छ ।

फाइनलको पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लबले २२१ रन बनाएको थियो भने पुलिस क्लबले पनि २२१ रन नै बनाएर अल आउट भएको थियो । त्यसपछि त्रिभुवन आर्मी क्लबले दोस्रो इनिंगमा २२६ रन बनाएर अलआउट भएपछि पुलिसले २२७ रनको लक्ष्य पाएको हो ।

यसअघि लिगमा आर्मी क्लबले ३ खेलमा एक जित र २ बराबरी खेल्दै ६६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै नेपाल पुलिस क्लबले ३ खेल मध्ये २ जित र एक हारसहित ६५.५ अंक हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै नेपाल एपीएफ क्लब ३ खेलमा एक जित एक हार र एक बराबरीसहित तेस्रो र बागमती प्रदेशले ३ खेलमा २ हार र एक बराबरीसहित चौथो हुदै बाहिरिएका थिए ।

जय ट्रफीको अघिल्लो सिजन नेपाल पुलिस क्लबले जितेको थियो । 

  • Related Posts

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

     विनोद भण्डारीले जारी पीएम कपमा १८९ रनको शतकीय पारी खेलेका छन् । सोमबार कोशी प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका लागि उत्कृष्ट ब्याटिंग गर्दै भण्डारीले १५० बलमा २१ चौका र ५ छक्का…

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    जारी पीएम कपमा एपीएफ क्लबबाट खेलिरहेका आसिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् ।  सोमबार मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २८ रन बनाएर…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 74 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !