जारी टी-२० विश्वकपमा अफगानिस्तानको पहिलो जित

अफगानिस्तानले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।

सोमबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

युएईले दिएको १६१ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अफगानिस्तानको जितमा इब्राहिम जर्दानले ५३ रन बनाए भने अजमतुल्लाह ओमरजाइले ४०, डरविश रसोलीले ३३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले सोहैब खानको ६८ र आलिशान शराफुको ४० रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

यस खेलमा अफगानिस्तानका स्तर स्पिनर रशिद खानले एक विकेट लिएसँगै टी-२० क्यारियरमा ७०० विकेट लिने विश्वको पहिलो खेलाडी बनेका छन् ।

यो अफगानिस्तानको तेस्रो खेलमा पहिलो जित जित हो । यो जितपछि ३ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै युएईको पहि ३ खेलमा २ अंक रहेको छ । अब युएईले समुह चरणको अन्तिम खेल बुधबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने अफगानिस्तानले विहिबार क्यानडासँग खेल्ने तालिका रहेको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि