“दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

जयपुर, भारत, १७ बैशाख । “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर, राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टर द्वारा एक महिला गरि बारा, पर्सा र रौतहट का ५ जना पत्रकारहरु सम्मानित भएका छन् ।

ऐपेक्स विश्वविद्यालय, सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरेको हो ।

सो पुरस्कार बाट सम्मानित हुनेहरुमा नेपालको पर्साका पत्रकार बिरगंज महानगरपालिकाका उप प्रमुख ईम्तियाज आलमका प्रेस सल्लाहकार तथा बिरगंज टेलिभिजनका संचालक महम्द सदाब, द ब्लास्ट किंग सप्ताहिका पत्रिकाका प्रकाशक तथा अध्यक्ष, कालोझोला डकटमका ब्युरो चिफ तथा आम नेपाली टेलिभिजन का संवाददाता दीपेन्द्र प्रजापित र बाराबाट भावानी मिडिया प्रा.लि. द्वारा संचालित बारा दैनिक डटकमका संचालक तथा साझा निगरानी राष्ट्रिय दैनिकका प्रकाशक मानिकचन्द साह, कटवासीमाई मिडिया प्रा.लि. द्वारा संचालित जनचेतना खबर डटकमका संचालक तथा जनचेतना खबर सप्ताहिक पत्रिकाका प्रकाशक श्यामल कुमार गिरी र रौतहट की महिला पत्रकार पूजा जयसवाल रहेका छन् ।

ऐपेक्स विश्वविद्यालयका कुलपति डा. रवि जुनिवालको अध्यक्षतामा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको ऐपेक्स विश्वविद्यालयका प्रो. कुलपति डा. खेमराज चौधरी, उपकुलपति प्रो डा. सोमदेव सातन्सु, पूर्व प्रमुख प्रो.डा. सञ्जिव भनावट, गौतम बुद्ध विश्वविधालय नोयडाका डीन प्रो. डा. बन्दना पाण्डे, सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष प्रो.डा. अनिरुद्र सुधान्सु, सार्क पत्रकार मञ्च कार्यसमिति सदस्य प्रो.डा. स्मिता मिश्रा, सार्क पत्रकार मञ्च श्रीलंका च्याप्टरका अध्यक्ष राहुल सामन्था, सार्क पत्रकार मञ्च तेलंगना च्याप्टरका मोहम्मद युसुफुद्दीन, महराष्ट्रका अनिल साम्बले, एयर कमाण्डर डी.एस. सेखावत, प्रो.डा. ओपी चंगानी, प्रो. डा. राकेश प्रेमी, डा. वसना चंगानी, डा. गरिमा श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो ।उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत दक्षिण एशियाली राष्ट्रका ४० पत्रकार र १ सय २० अनुसन्धानकर्ता, शान्ति अभियन्ता, पत्रकारिताका विधार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विश्वमा शान्ति स्थापना, क्षेत्रीय सहकार्य र पत्रकारिताको उत्तरदायित्व विषयमा १ सय २० वटा कार्य प्रस्तुत भएको थियो साथै उक्त कार्यपत्रमा बहस, विचार विमर्श र अनुभव आदान प्रदान गरिएको थियो ।

यसै गरि भारतका पहिलो हिन्दी भाषामा पत्रिका प्रकाशन गर्ने पत्रकार स्व. युगल किशोर शुक्ला को नाम बाट सार्क जर्नलिस्ट फोरम, इंडिया च्याप्टर ले स्थापना गरेको स्थापित अन्तर्राष्ट्रिय युगल किशोर शुक्ला सम्मान बाट मधेश प्रदेश बाट बरिष्ठ पत्रकार दीपेन्द्र प्रजापति लाई एपेक्स यूनिवर्सिटी का कुलपति डा. रवि जुनिवालले आफ्नो कार्यकक्षमा बोलाई सम्मानित गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि