दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट चार गाडीमा क्षति, ८ जना घाईते

 पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा गएराति भारतीय कन्टेनरले ४ सवारी साधनलाई ठक्कर दिंदा ८ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिनयी त्रिवेणी गाउँपालिक २ घिउखोला नजिक  पुर्व–पश्चिम राजमार्गमा एकतर्फी सडकमा बुटवलबाट पुर्वतर्फ आइरहेको यूपी २१ बिटी २७९१ नम्बरको भारतीय कन्टेनरले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ ३ वटा बस र एउटा मोटर साईकललाई ठक्कर दिएको थियो । 

कन्टेनरले कर्णाली प्रदेश  ०१-००१ ख ११९२ नम्बरको  बस, कर्णाली प्रदेश ००२प ९५७० नम्बर को  मोटरसाईकल, लु.प्र.०१-००१ ख ०८२२ नम्बरको  बस र  लु २ ख २४७५ बसलाई  ठक्कर दिएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सडक अवरुद्ध भएकाले खुलाउने प्रयास गरेको जानकारी दिएको छ ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

    सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 28 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 21 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 23 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 21 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 138 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 20 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ