दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउण्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय अमेरिकी राष्ट्रपतिमा अघिल्लो हप्ता मात्र पुनरागमन गरेका ट्रम्पले इजरायलले अर्डर गरेका ‘धेरै कुरा’ अहिले आपूर्ति भइरहेको बताउनुभएको छ। “इजरायलले माग गरेका र पैसा तिरेका तर बाइडेन प्रशासनले नपठाएका धेरै कुराहरू अहिले आफ्नो बाटोमा छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा लेख्नुभएको छ । पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गत वर्ष गाजाको घना बस्ती भएको क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही सुरु गर्न लागेको देखेपछि दुई हजार पाउण्डको बमको ढुवानी रोकेको थियो । पूर्वराष्ट्रपति बाइडेनले त्यस्ता क्षेत्रमा ठूला विष्फोटक हतियारको प्रयोगले ‘ठूलो मानवीय त्रासदी र क्षति’ निम्त्याउने भन्दै आपूर्तिमा रोक लगाउनुभएको थियो । पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो । इजरायल र हमासले इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको दोस्रो समूहलाई सप्ताहन्तमा आदानप्रदान गर्दै युद्धविराम सम्झौतालाई निरन्तरता दिइरहेका छन् । ट्रम्पको पोस्टमा इजरायलमा कुनै खास हतियार पठाउने उल्लेख गरिएको छैन । तर एक्जिओसमा लेख्दै इजरायलका प्रमुख राष्ट्रिय सुरक्षा पत्रकार बाराक राविडले ट्रम्पले रक्षा मन्त्रालयलाई बाइडेनले दुई हजार पाउण्डको बममा लगाएको रोक फुकुवा गर्न आदेश दिएको बताउनुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौडान ‘ह्वाइट हाउसमा इजरायलले कहिल्यै राम्रो मित्र बनाउन नसकेको’ दावी गर्नुभएको थियो । यो भावना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अक्सर प्रतिध्वनित गर्नुभएको थियो । इजरायली नेताले बाइडेनलाई फोन गरेर सन् २०२० को चुनावमा जित हासिल गरेकोमा बधाई दिएपछि ट्रम्प र नेतान्याहुबीचको सम्बन्धमा केही समयका लागि तिक्तता आएको थियो । सन् २०२० को चुनाव जितेको झुटो दाबी गरेका ट्रम्पले नेतन्याहूमाथि विश्वासघात गरेको आरोप लगाउनुभएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    रुसले इरानलाई सहयोग गरिरहेको जेलेन्स्कीको दाबी

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ईरानलाई सहयोग गर्न थालेको दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार रुसले अहिले ईरानलाई ड्रोन प्रविधिसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ । उनले आगामी दिनमा रुसले मिसाइल…

    इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी

    इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको जानकारी सार्वजनिक गरिएको छ । इरान सरकारका सल्लाहकार युसुफ पेजेश्कियनले सामाजिक सञ्जालमार्फत मोजतबा खामेनी सुरक्षित रहेको बताएका हुन् । उनका अनुसार यसअघि…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 58 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 89 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 20 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 15 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 42 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 22 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत