नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

नेदरल्याण्डसले जारी टी-२० विश्वकपमा नामिबियालाई पराजित गरेको छ । मंगलबार भारतको दिल्लीमा सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।  

नामिबियाले दिएको १५७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेदरल्याण्डसका लागि बास डी लीडले सर्बाधिक ७२ रन बनाए भने कोलिन अकरम्यानले ३२ र माइकल लेभिटले २८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ४२ रन बनाए भने जान फ्राइलिंकले ३० र जेजे स्मिटले २२ रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर बास डी लीड र लोगान भान बीकले २-२ विकेट लिए भनेआर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट लिएका थिए ।

यो नेदरल्याण्डसको समुह ए अन्तर्गतको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा नेदरल्याण्डस पाकिस्तानसँग पराजित भएको थियो ।त्यस्तै नामिबिया भने विश्वकपको पहिलो खेलमा हार बेहोरेको छ । अब नेदरल्याण्डसले अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका छ भने नामिबियाले विहिबार भारतविरुद्ध खेल्ने छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि