मध्यपूर्वका विभिन्न देशमा २० नेपाली घाइते, सामाजिक सञ्जालमा निषेधित सामाग्री पोष्ट गर्ने ७ जना पक्राउ

मध्यपूर्वका विभिन्न देशमा अहिलेसम्म २० नेपाली घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले अहिलेसम्म इरान युद्धका कारण विभिन्न देशमा एक जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ । अहिलेसम्म घाइते २० जना मध्ये १९ जना उपचारपछि फर्किएको र एक जनाको उपचार जारी रहेको परराष्ट्रले जनाएको छ । उपचारत एक जना पनि सामान्य घाइते रहेको उल्लेख गरेको छ ।

त्यस्तै मध्यपूर्वका देशहरुमा सामाजिक सञ्जालमा विभिन्न निषेधित सामाग्री शेयर गर्ने ७ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले उनीहरुलाई सम्बन्धित देशको कानुन अनुसार कारवाही हुने जानकारी प्राप्त भएको बताउदै उनीहरुलाई एक बर्षको जेल सजाय, नगद जरिवाना र डिपोर्टसम्म हुनसक्ने उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालय मध्यपूर्वका देशले युद्ध बारे सामाजिक सञ्जालमा लेख्न कडा प्रतिबन्ध लगाएकोले त्यसो नगर्न सबैलाई आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयले अहिलेसम्म मध्यपूर्वका देशमा कुनै नेपाली नागरिक अलपत्र परेको अवस्थामा नरहेको स्पष्ट गरेको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि