माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी: वकिलदेखि लेखापालसम्म जागिर पनि जोखिममा

कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयीन रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् ।

उनका अनुसार आगामी १२ देखि १८ महिनाभित्र कम्प्युटरमा आधारित अधिकांश ह्वाइट-कलर रोजगारलाई एआईले विस्थापित गर्ने छन् । सुलेमानले यसको असर केवल सफ्टवेयर इन्जिनियरसम्म सीमित नरहने बताए । उनका अनुसार वकिल, लेखापाल, परियोजना व्यवस्थापक र बजार व्यवस्थापन क्षेत्रमा कार्यरत पेशाकर्मीसमेत प्रभावित हुनेछन् । उनले डेढ वर्षभित्र कम्प्युटरमा गरिने प्रायः सबै काम स्वचालित हुने दाबी गरे ।

आगामी दुई-तीन वर्षमा एआई एजेन्टहरूले ठूला संस्थानहरूको कामकाज अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने उनको भनाइ छ । समयसँगै यी प्रणाली आफैं अद्यावधिक हुँदै स्वतन्त्र निर्णय लिन सक्षम हुने उनले बताए । सुलेमानका अनुसार भविष्यमा एआई मोडेल तयार पार्नु सामान्य ब्लग लेखेझैँ सहज हुनेछ ।

यसैबीच माइक्रोसफ्टले बाह्य प्रविधिमा निर्भरता घटाउँदै आफ्नै शक्तिशाली आधारभूत एआई मोडेल विकास गरिरहेको जनाएको छ । कम्पनीले विश्वस्तरीय तालिम टोली परिचालन गरी विशाल तथ्याङ्क व्यवस्थापनमा ठूलो लगानी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा एआई पूर्वाधार निर्माणका लागि करिब १२ दशमलव ७ लाख करोड रुपैयाँ खर्च गर्ने अनुमान सार्वजनिक गरेको छ । यसै वर्ष आफ्नै आन्तरिक मोडेल सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि माइक्रोसफ्टले ‘मेडिकल सुपर इन्टेलिजेन्स’ प्रणाली विकास गरिरहेको छ, जसले अस्पतालमा कर्मचारी अभाव कम गर्न र बिरामीको लामो प्रतीक्षा समय घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

एआईको प्रभावबारे विश्वव्यापी बहस तीव्र भइरहेका बेला यसले रोजगारी खोस्ने कि नयाँ अवसर सिर्जना गर्ने भन्ने प्रश्न अझै खुला र बहसमै रहेको छ ।

  • Related Posts

    निर्वाचनको दिन कस्तो रहन्छ मौसम ?

    काठमाडौं । निर्वाचन हुने दिन भोलि देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने भएको छ । बुधबार मौसम पूर्वानुमान महाशाखाले निर्वाचन विशेष मौसम बुलेटिन-२ जारी गरेर मौसम प्रणालीको प्रभाव रहने नदेखिएको…

    निर्वाचनको सबै तयारी पुरा, उत्साहपूर्वक मतदानमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो