युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित रहेको अमेरिकाको दाबी

मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकाले आफ्नो विमानवाहक युद्धपोत युएसएस आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको जनाएको छ । अमेरिकाले इरानविरुद्धका सैन्य अभियान निरन्तर जारी रहेको पनि स्पष्ट पारेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार उक्त युद्धपोत क्षेत्रीय समुद्रमा रहेर लगातार हवाई कारबाही सञ्चालन गरिरहेको छ । सो क्रममा इरानका सैन्य संरचनालाई निशाना बनाइएको जनाइएको छ ।

यसअघि इरानले भने उक्त युद्धपोततर्फ क्रुज मिसाइल प्रहार गरिएको दाबी गरेको थियो । सो आक्रमणपछि जहाजले आफ्नो स्थान परिवर्तन गर्नुपरेको पनि इरानको भनाइ थियो ।

यसैबीच अमेरिकी प्रशासनले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुर्‍याइएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटका अनुसार हालसम्म इरानका ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ ।

उनले सैन्य अभियान सुरु भएयता इरानका क्षेप्यास्त्र र ड्रोन आक्रमण करिब ९० प्रतिशतले घटेको बताइन् । साथै, अमेरिकी सेनाले इरानका १४० भन्दा बढी नौसैनिक जहाज नष्ट गरेको र यो दोस्रो विश्वयुद्धपछि छोटो समयमै भएको सबैभन्दा ठूलो नौसैनिक क्षति भएको दाबी गरिएको छ ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 12 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views