रौतहटमा बालिकाको मृत्यु भएको घटनामा दोषीलाई उन्मुक्ति नदिन रक्षा बमको चेतावनी

 नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा कसुर अनुसार कारबाही हुनैपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै बमले राजनीतिक आस्था वा मनपर्ने नेता भएकै आधारमा अपराधलाई बचाउ गर्ने प्रवृत्ति लोकतन्त्र र सुशासनका लागि घातक हुने टिप्पणी गरेकी छन् । 

बमले उक्त दुर्घटनामा बालिकालाई सवारी साधनको अगाडिको भागले ठक्कर दिएपछि पछाडिको पांग्राले समेत किचेको दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ भन्दै हालको प्राथमिकता जिम्मेवारीपूर्ण व्यवहार र कानुनी प्रक्रियामा सहयोग गर्नु हुनुपर्ने उल्लेख गरेकी छन् ।

उनले अघिल्लो सन्दर्भमा एमालेका एक मन्त्री सवार गाडीले सर्वसाधारणलाई ठक्कर दिएको घटनापछि नेतृत्वबाट आएको गैरजिम्मेवार अभिव्यक्तिले व्यापक आक्रोश जन्माएको स्मरण गराउँदै अहिले ठीक त्यही प्रवृत्ति रास्वपाका केही समर्थकहरूबाट दोहोरिएको बताएकी छन् ।

उनले भनेकी छन्- ‘ त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला । तर अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् । याद राख्नुहोस् साथीहरू , तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ ।’

बमले सरकारलाई यस घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै राजनीतिक संरक्षणका नाममा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएकी छन् 

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 13 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 17 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 20 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 11 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 24 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि