वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

सुनसरी । वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु. १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये नौ सय ३५ हेक्टरको धान नष्ट हुँदा रु. आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा रु. ३७ लाख मूल्य बराबरको क्षति भएको छ । सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा रु. चार करोड ५२ लाख बराबरको क्षति भएको छ ।

उखु पाँच हजार आठ सय ७७ हेक्टरमा लगाइएकामा एक सय २४ हेक्टरमा नष्ट हुँदा रु. दुई करोड ८० लाख बराबरकोको क्षति भएको जनाइएको छ । जुट एक हजार तीन सय आठ हेक्टरमा लगाइएकामा ९७ हेक्टरमा नष्ट हुँदा रु. १० लाख ४८ हजार बराबरको क्षति भएको अधिकृत श्रेष्ठले जानकारी दिए ।

सुनसरीमा सबैभन्दा बढी देवानगञ्ज, कोशी, भोक्राह नसिंग गाउँपालिका र इनरुवा नगरपालिकामा क्षति भएको छ । सूचना अधिकारी श्रेष्ठले भने “क्षति विवरण संकलन गरिरहेका छौँ । सबै पालिकामा पत्र पठाइसकेका छौँ । आउने क्रम जारी छ ।”

  • Related Posts

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई…

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    मेक्सिको । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 7 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 35 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने