सस्तो औषधिका लागि ट्रम्पले शुरु गरे ट्रम्पआरएक्स नामक सरकारी वेबसाइट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पआरएक्स नामक सरकारी वेबसाइट सुरु गरेका छन् । ट्रम्पले यो प्लेटफर्मले अमेरिकीहरूलाई किफायती औषधिहरू पहुँच गर्न र स्वास्थ्य सेवा लागत घटाउन मद्दत गर्ने दाबी गरेका छन् ।

ह्वाइट हाउस कम्प्लेक्समा वेबसाइट अनावरण गर्दै ट्रम्पले भने- ‘तपाईंले धेरै पैसा बचत गर्नुहुनेछ। यो सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीको लागि पनि राम्रो छ ।’

ट्रम्पआरएक्सले औषधिहरू सिधै बेच्दैन । यसले क्लियरिङ्गहाउसको रूपमा काम गर्ने र प्रयोगकर्ताहरूलाई औषधि कम्पनीहरूको वेबसाइटहरूमा रिडिरेक्ट गरेपछि उनीहरूले औषधिहरू किन्न सक्ने बताइएको छ । यसले खुद्रा फार्मेसीहरूमा प्रयोगको लागि कुपनहरू पनि प्रदान गर्दछ ।

सुरुवातमा, प्लेटफर्ममा ४० भन्दा बढी औषधिहरू समावेश थिए । यसमा लोकप्रिय तौल घटाउने औषधिहरू ओजेम्पिक र वेगोभी समावेश छन्, जसको मूल्यहरू अमेरिकामा लामो समयदेखि बहस भइरहेको छ ।

यो पहल यस्तो समयमा आएको छ, जब मुद्रास्फीति र जीवनयापनको लागत अमेरिकामा एक प्रमुख राजनीतिक मुद्दा बनेको छ । नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि बढ्दो औषधि, स्वास्थ्य सेवा, आवास, भाडा र किराना सामानको मूल्यलाई रिपब्लिकन पार्टीको लागि प्रमुख चुनौती मानिन्छ ।

ट्रम्पले औषधि अनुदान औषधि कम्पनीहरूमाथि उनको व्यक्तिगत दबाबको परिणाम भएको बताएका छन् । उनले अमेरिकीहरूले लामो समयदेखि औषधिको लागि बढी तिर्दै आएको तर्क गर्दै उही औषधिहरू अन्य देशहरूमा सस्तोमा उपलब्ध रहेको बताए ।

ट्रम्पले अमेरिकामा औषधिको मूल्य कम हुँदा कम्पनीहरूले अन्य देशहरूमा मूल्य बढाउन सक्ने बताउदै संसारलाई अनुदान दिदा थाकेको बताए ।

ट्रम्पले पहिलो पटक सेप्टेम्बरमा ट्रम्पआरएक्सको उल्लेख गरेका थिए । उनले औषधि कम्पनीहरूसँग १५ भन्दा बढी सम्झौताहरू भएको बताउदै जसको उद्देश्य संयुक्त राज्य अमेरिकामा औषधिको मूल्य विकसित देशहरूमा सबैभन्दा कम दरमा ल्याउनु रहेको स्पष्ट गरे ।

ट्रम्पआरएक्सको सुरुवात धेरै पटक स्थगित गरिएको थियो । गत वर्ष, सेन्टर फर मेडिकेयर एण्ड मेडिकेड सर्भिसेजका प्रमुख मेहमेट ओजले वेबसाइट वर्षको अन्त्यसम्ममा सुरु हुने बताएका थिए, तर जनवरीको योजनाबद्ध सुरुवात पछि स्थगित गरिएको थियो ।

  • Related Posts

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    काठमाडौँ । एशियामा फेरि तनाव बढेको छ । आइतबार उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रतर्फ धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी गरिएको छ । दक्षिण कोरियाली सेनाको संयुक्त प्रमुख समितिका…

    अमेरिकाले छोड्यो सिरिया

    काठमाडौँ । करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । अमेरिकी सेनाले त्यहाँ रहेका सबै सैन्य ठेगाना खाली गरेको जनाएको छ । सन् २०२६ अप्रिलमा हसाका क्षेत्रको…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 22 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 20 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 19 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 20 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 21 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 19 views
    अमेरिकाले छोड्यो सिरिया