सिन्धुलीमा सुमोको ठक्करबाट बालकको मृत्यु

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ ।

सोलुखुम्बुबाट काठमाडौतर्फ जाँदै गरेको ना.१ ज ४६२३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब ८ बर्षका अषिक बयलकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा गोलन्जोर आधारभूत अस्पतालमा दिउँसो ३:३५ बजे मृत्यु घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुमो चालक गोपाल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको मृत्यु पछि स्थानीयले मध्य पहाडी लोकमार्ग अवरुद्ध गरेका छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि