सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

 सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका–८ का संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडी जाँच गर्दा ३३ वटा पोकामा राखिएको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक माझीलाई नियन्त्रणमा लिएको हो।

यसैगरी बिएसि ३२३६ नम्बरको अर्को सवारी साधन जाँचका क्रममा २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा बरामद भएपछि चालक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैबीच पर्साको पकाहा मैनपुर गाउँपालिका–२ कट्टी बालुवाबाट करिब १ सय ६० किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई सोमबार राति पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलान रहेका छन्। अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टीबाट खटिएको टोलीले प्रदेश ३–०१–००२ च ५४३२ नम्बरको कार जाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि