सोमालियामा उडान भरेको केहि बेरमै विमान दुर्घटनाग्रस्त, सबै यात्रु सुरक्षित

 सोमालियाको राजधानी मोगादिशुमा एक यात्रु विमान टेकअफ गरेलगत्तै दुर्घटनामा परेको छ ।

स्टारस्काई एयरलाइन्सको उक्त विमान अदन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही मिनेटमै समुद्रको उथलो पानीमा खसेको बताइएको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् । विमानमा ५० यात्रु रहेको बताइएको छ । 

अधिकारीहरूका अनुसार उचाइ लिनेक्रममा विमानमा प्राविधिक खराबी देखिएको थियो । त्यसपछि पाइलटले विमान नियन्त्रणमा राख्न नसक्दा मोगादिशुको तट नजिकै समुद्री पानीमा खसेको थियो ।

एयरलाइभले जनाएअनुसार विमान पानीमाथि केही दूरीसम्म फिस्लिँदै अघि बढेपछि अन्ततः समुद्री किनारमा अडिएको छ । दुर्घटनापछिका तस्बिरहरूमा विमानको एक पंखा (विङ) पूर्ण रूपमा छुट्टिएको देखिन्छ । विमानस्थल अधिकारीहरूका अनुसार उद्धार टोलीहरू केही मिनेटमै घटनास्थलमा पुगेका थिए । 

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि