हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी

ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भएको छ । गत शनिबारको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध छ ।

सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ‘ह्युम पाइप’ प्राप्त गरी शनिबार बिहानैदेखि काम भइरहेको छ । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जानआउन सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने भक्तजनको सङ्ख्या घटेको छ । गत वर्ष पनि बाढीले यहाँको पक्की पुल बगाएको थियो । त्यसपछि सडक विभागले बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गरेको थियो ।

पाँचथरको फिदिम नगरपालिका र सुरक्षा निकायले फड्के निर्माण गरेर पैदल यात्राका लागि बाटो खोलेका छन् । यातायात अवरुद्ध हुँदा सबैभन्दा धेरै ताप्लेजुङको जनजीवन प्रभावित भएकाले तत्काल यातायात सञ्चालन गर्न पाँचथरसहित सम्बन्धित निकायसँग सहकार्य र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि