होर्मुजमा आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि

होर्मुज जलडमरूमध्यमा गत महिना भएको आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि भएको छ । थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासक फुआंगकेतकेओले यसको जानकारी दिएका हुन् ।

गत मार्च ११ मा होर्मुज जलडमरूमध्य हुँदै गइरहेको थाई झण्डा बोकेको १८० मिटर लामो मालवाहक जहाज ‘मयूरी नारी’ मा आक्रमण भएको थियो । जहाजमा २३ जना चालक दलका सदस्य सवार थिए ।

आक्रमणपछि ओमानका अधिकारीहरूले उद्धार अभियान सञ्चालन गरी २० जनालाई सुरक्षित निकालेका थिए भने तीन जना बेपत्ता भएका थिए । ती बेपत्ता तीनै जनाको मृत्यु भएको पुष्टि गरिएको हो ।

मन्त्री फुआंगकेतकेओले यसै महिनाको अन्त्यतिर ओमान भ्रमण गर्ने बताएका छन् । उनले त्यहाँ उद्धार कार्यमा सहयोग गर्ने अधिकारीहरूलाई धन्यवाद दिने र होर्मुज क्षेत्रमा अड्किएका ९ थाई जहाजका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग माग्ने जानकारी दिएका छन् ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 12 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views