२००७ को क्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिक बनायो- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

दिवसको सन्दर्भमा जारी सन्देशमा उनले वि.सं. २००७ सालको क्रान्तिले नेपाली जनतालाई रैती अवस्थाबाट नागरिक अधिकारसहितको पहिचान दिलाएको उल्लेख गरेकी छन् । साथै २०१५ साल फागुन ७ गतेबाट पहिलो संसदीय निर्वाचन सुरु भएको ऐतिहासिक तथ्य स्मरण गर्दै लोकतान्त्रिक यात्राको आधार त्यही आन्दोलनले तयार गरेको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई व्यवहारमै जीवनशैली बनाउन नेतृत्व तहबाट कमजोरी भएको स्वीकार गर्दै विगतमा पटक-पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् । अब त्यस अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संस्थागत सुधारमार्फत भ्रष्टाचार, नातावाद र विभेदविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

उनले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व सुदृढ गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई एकजुट हुन आह्वान गरेकी छन् ।

सन्देशको अन्त्यमा प्रधानमन्त्री कार्कीले प्रजातन्त्र, सुशासन र नागरिक अधिकारका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 10 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो