अक्षय तृतीया मनाइदै, यस्तो छ शास्त्रीय महत्व

आज अक्षय तृतीया । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ । 

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजको दिन  बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मालम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्ब मनाउछन् ।

अक्षय तृतीयामा मुख्यत: सातु खाने चलन रहि आएको छ । यस दिनमा जुन गहुँलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जुनलाई पवित्र मानिन्छ । बढ्दो गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।

  • Related Posts

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    उदयपुरको चौदण्डीगढी नगरपालिका-७ सिता पाईला टोल बस्ने ६४ वर्षीय माहाशेर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ७३ वर्षीय राम प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।  आपसी वादविवादको क्रममा…

    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी छहरा गाउँपालिका-६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    पहिलो

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 3 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    • April 20, 2026
    • 12 views
    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    • April 20, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    • April 20, 2026
    • 4 views
    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    • April 20, 2026
    • 17 views
    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

    • April 20, 2026
    • 17 views
    कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न