अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्टमा भएको गोलीकाण्डमा ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ६ बजे एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा यस्तो घटना भएको सिएनएनले उल्लेख गरेको छ ।

मृत्यु हुने बालबालिकाको उमेर १ देखि १४ वर्षसम्म रहेको जनाइएको छ । स्थानीय प्रहरी प्रमुख वेन स्मिथले यस्तो घटना पहिले कहिल्यै नदेखिएको बताएका छन् ।

घटना वेस्ट ७९औँ स्ट्रिट क्षेत्रमा भएको हो । आरोपी शमार एल्किन्स घटना पछि फरार हुँदै कार लुटेर भाग्ने प्रयास गरेका थिए । तर प्रहरीले पछ्याएर उनलाई गोली हानी मारिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार घटना घरेलु विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । गोली चलाउने व्यक्ति मृतक परिवारसँग सम्बन्धित रहेको पनि बताइएको छ, तर घटनाको ठोस कारण अझै खुलेको छैन ।

प्रहरीले घटनासम्बन्धी फोटो, भिडियो वा जानकारी भए उपलब्ध गराउन सर्वसाधारणसँग अपिल गरेको छ । शहरका मेयर टम आर्सेनोले यस घटनालाई अत्यन्त दुःखद भन्दै शहरकै सबैभन्दा त्रासदीपूर्ण घटनामध्ये एक भएको बताएका छन् ।

  • Related Posts

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    काठमाडौँ । एशियामा फेरि तनाव बढेको छ । आइतबार उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रतर्फ धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी गरिएको छ । दक्षिण कोरियाली सेनाको संयुक्त प्रमुख समितिका…

    अमेरिकाले छोड्यो सिरिया

    काठमाडौँ । करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । अमेरिकी सेनाले त्यहाँ रहेका सबै सैन्य ठेगाना खाली गरेको जनाएको छ । सन् २०२६ अप्रिलमा हसाका क्षेत्रको…

    पहिलो

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 14 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    • April 20, 2026
    • 14 views
    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    • April 20, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    • April 20, 2026
    • 4 views
    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    • April 20, 2026
    • 17 views
    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

    • April 20, 2026
    • 17 views
    कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न