शनिबार शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासलसँगको खेलका क्रममा मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी गम्भीर कन्कसन इन्जुरी (टाउकोमा चोट) बाट गुज्रिए । सुनील बलको स्थानमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै च्यासलका यान्निक केचासँग ठोक्किएपछि मनिष झण्डै ६ मिनेटसम्म बेहोस भए ।
मच्छिन्द्रका टिम फिजियो सुरज भुषालले मनिष डिस्चार्ज भएको जानकारी दिए । उनको सबै रिपोर्ट नर्मल रहेको र छिट्टै मैदान फर्कने विश्वास रहेको भुषालले बताए ।
टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएका राष्ट्रिय टिम तथा मच्छिन्द्र एफसीका सदस्य मनिष डाँगी मंगलबार डिस्चार्ज भएका छन् ।








