आज हरिबोधिनी एकादशी मनाइदै ,

कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ भने कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

परा पूर्व कालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ । आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ुगोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छु भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण ९भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण० स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

  • Bishnu Timalsina

    Related Posts

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता…

    देश विदेशका प्रमुख २० समाचार

    १- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा…

    पहिलो

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 17 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 58 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 29 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 54 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 26 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ