आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै

काठमाडौँ । अमेरिकाको फेडरल रिजर्भका गभर्नर लिसा कुक ट्रम्पको निर्णयविरुद्ध अदालत जाने भएकी छन् ।ट्रम्पले लिसा कुकलाई पदबाट हटाउन आदेश दिएका थिए । अब राष्ट्रपति र अमेरिकी केन्द्रीय बैंकबीच द्वन्द्वको अवस्था अदालत पुग्ने भएको हो ।लिसा कुकका वकिल एबी डेभिड लोवेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई हटाउने अधिकार नरहेको बताएका छन् ।ट्रम्पले धितोसँग सम्बन्धित कागजातहरूमा कुकले गलत जानकारी दिएको विश्वास गर्ने पर्याप्त कारण रहेको बताउदै उनलाई हटाउने आदेश दिएका थिए । ट्रम्पले संवैधानिक अधिकारहरू उद्धृत गर्दै आफुले गभर्नरलाई हटाउने अधिकार रहेको उल्लेख गरेका छन् ।अमेरिकी राष्ट्रपतिले फेडरल रिजर्भका गभर्नरलाई हटाउने प्रयास गरेको यो पहिलो पटक हो ।जुलाईको अन्त्यमा भएको फेडरल रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश अन्य सदस्यहरूले अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेपछि राष्ट्रपतिसँग तनाव बढेको थियो । ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र टकरावको स्थिति कायमै छ ।लिसा कुकलाई तत्कालिन राष्ट्रपति जो बाइडेनले २०२२ मा नियुक्त गरेका थिए । उनी यो पदमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 41 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 45 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 46 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 52 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 49 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 48 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन