इजरायलमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौँ ।गाजामा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । धेरै शहरहरूमा आयोजित यस प्रदर्शन र्‍यालीमा ठूलो संख्यामा मानिसहरू सहभागी भएको बताइएको छ ।

प्रदर्शनकारीहरूले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकहरूको जीवनलाई खतरामा पार्ने उनीहरुको दाबि छ ।

इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठनको लागि आह्वान गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन हाल अति दक्षिणपन्थी सदस्यहरूमा निर्भर छ, जसले युद्ध अन्त्य गर्न हमाससँगको कुनै पनि सम्झौताको विरोध गरिरहेका छन् ।

यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमण र कुपोषणका कारण पछिल्लो २४ घण्टामा ६० भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता’ को रूपमा वर्णन गर्दै तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।

यी सबै अवस्थाका बीच इजरायल सरकारले गाजामा पूर्ण कब्जा गर्ने आफ्नो रणनीतिमा अगाडी बढेको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 30 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 27 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 26 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 29 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 29 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 31 views
    आजको राशिफल