इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिका, इजरायल र इरानबीचको संघर्षका कारण एक सातामै कच्चा तेलको मूल्य करिब २७ प्रतिशतले बढेको हो ।

हाल ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ दशमलव ६९ डलर पुगेको छ। यो सन् २०२४ को अप्रिलपछि सबैभन्दा उच्च स्तर मानिएको छ ।

गत फेब्रुअरी २८ मा संघर्ष सुरु हुँदा कच्चा तेलको मूल्य करिब ७२ दशमलव ८७ डलर प्रति ब्यारेल थियो । त्यसयता करिब आठ दिनमै मूल्य झण्डै २० डलरले बढेको अन्तर्राष्ट्रिय बजारको तथ्यांकले देखाएको छ ।

मध्यपूर्वमा बढेको तनावका कारण होर्मुज मार्गबाट हुने कच्चा तेलको आपूर्ति प्रभावित भएको छ। यो समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने गर्छ । जहाजको आवतजावत प्रभावित भएपछि तेल आपूर्ति अवरुद्ध हुन थालेको र त्यसैका कारण मूल्य लगातार बढिरहेको विश्लेषकहरू बताउछन् । भारतसहित धेरै एसियाली देशहरूले यही मार्गबाट ठूलो मात्रामा तेल आयात गर्ने भएकाले उनीहरूमा पनि प्रभाव परेको छ । विश्वमा आपूर्ति हुने तरलीकृत प्राकृतिक ग्यासको ठूलो हिस्सा पनि यही मार्गबाट ढुवानी हुन्छ ।

दुई सयभन्दा बढी जहाज फसे

होर्मुज मार्ग प्रभावित भएपछि फारसको खाडी क्षेत्रमा विभिन्न देशका २०० भन्दा बढी जहाज फसेका छन् भने १५० भन्दा बढी जहाज बाहिरै पर्खिरहेका छन् । यस क्षेत्रमा भारतका करिब ३८ जहाज पनि रोकिएका बताइएको छ । तीमध्ये रुसबाट भारततर्फ आइरहेका कच्चा तेल बोकेका ट्यांकर पनि छन् । बिमा र जहाज कम्पनीहरूले जोखिमको पुनः मूल्याङ्कन गर्न थालेपछि ढुवानीमा थप ढिलाइ हुने सम्भावना पनि देखिएको छ ।

विश्व अर्थतन्त्रमा असर

तेलको मूल्य बढेसँगै विश्व बजारमा ढुवानी खर्च ३० देखि ४० प्रतिशतसम्म बढेको छ । यसले अमेरिका र युरोपमा महँगी बढ्ने चिन्ता पनि बढाएको छ । चीन, जापान र दक्षिण कोरियाजस्ता देश ऊर्जा आवश्यकताका लागि खाडी क्षेत्रका देशमा ठूलो मात्रामा निर्भर छन् । आपूर्ति अवरुद्ध भएमा ती देशका उद्योग र विद्युत उत्पादनमा समस्या आउन सक्ने अनुमान गरिएको छ । भारतले आफ्नो आवश्यकताको करिब ८५ प्रतिशत कच्चा तेल आयात गर्ने भएकाले तेल महँगिँदा आयात खर्च बढ्ने र त्यसले अर्थतन्त्रमा दबाब बढ्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

संकट लम्बिए तेल अझ महँगिने सम्भावना

विशेषज्ञहरूका अनुसार वर्तमान तनाव कम नभए कच्चा तेलको मूल्य अझै बढ्न सक्छ । होर्मुज मार्ग लामो समयसम्म अवरुद्ध भए कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० देखि १२० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । तेल महँगिँदा ढुवानी, मल, प्लास्टिकलगायत वस्तुको मूल्य बढ्ने र त्यसको प्रभाव दैनिक उपभोगका वस्तुमा पनि पर्ने विश्लेषकहरूको भनाइ छ। साथै भविष्यमा यस्ता संकटबाट बच्न धेरै देशहरूले वैकल्पिक ऊर्जा स्रोततर्फ ध्यान बढाउने सम्भावना पनि औंल्याइएको छ ।

  • Related Posts

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ । नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 8 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 17 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 22 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 6 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 16 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views