उपत्यकाबाट निस्कने फोहरको दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन

उपत्यका मेयर्स फोरमको १३औँ बैठकले उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयअनुसार गठन हुने समितिले फोहर व्यवस्थापनसम्बन्धी विधि तथा प्रविधिको अध्ययन गर्नेछ। साथै उपत्यकाका सबै स्थानीय तहबीच आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जिम्मेवारी पनि समितिलाई दिइनेछ ।

बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि तयार भएका अध्ययन प्रतिवेदनहरूको तथ्य र सिफारिसको विश्लेषण गरी उपयुक्त ढाँचा तयार पार्दै नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सांस्कृतिक-सामाजिक विशेषताअनुसारको यातायात प्रणाली विकास गर्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

त्यस्तै गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार गर्ने र पूर्वाधार निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ ।

बैठकपछि फोरमका अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन सहकार्य अपरिहार्य रहेको बताए । उनले मेट्रो अवधारणा कार्यान्वयनका लागि संघीय सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तयार रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणको अवधिमा समेत सहज सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल र सामाजिक संरचनाअनुसार उपयुक्त माध्यम छनोट गर्नुपर्नेमा जोड दिइन् । उनले विगतमा गरिएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्न आवश्यक रहेको बताइन्। उनले भनिन्- ‘समस्या सीमाविहीन छन्। प्रशासनिक सिमानाभन्दा माथि उठेर समन्वयात्मक सहकार्य गरेपछि मात्र समाधान सम्भव हुन्छ ।’

अध्यक्ष महर्जनका अनुसार सार्वजनिक यातायातसम्बन्धी अध्ययन प्रतिवेदनहरूको विश्लेषण तथा उपत्यकासुहाउँदो ढाँचासम्बन्धी प्रस्ताव आगामी बैठकमा प्रस्तुत गरिनेछ ।

बैठक प्रारम्भअघि काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको वर्तमान अवस्था तथा दिगोपनाका लागि आवश्यक सुधारबारे प्रस्तुतीकरण दिएकी थिइन् । उनले विशेषगरी ल्याण्डफिल साइट क्षेत्रको व्यवस्थापन र स्थानीय तहको जिम्मेवारीका विषयमा प्रकाश पारेकी थिइन् ।

हाल ल्याण्डफिल साइटमा काठमाडौँसहित विभिन्न ६ जिल्लाका २४ पालिकाबाट फोहरको अन्तिम व्यवस्थापन गरिँदै आएको छ । फोहर ढुवानीको काम नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्दै आएको छ ।

Single Image
  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 82 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 30 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 50 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 37 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 36 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 40 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची