कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित

काठमाडौँ । एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीलाई दोस्रो खेलमा पराजित गरेको छ।

शुक्रबार मुलपानीमा भएको खेलमा नेपाली टोलीले ७ विकेटको जित निकालेको हो। जितसँगै पाँच खेलको सिरिजमा एक एकको बराबरी भएको छ।

कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा २४.५ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अर्धशतक प्रहार गरे। आकाशले नटआउट ५२ रन जोड्ने क्रममा ७६ बलमा ६ चौका प्रहार गरे।

अर्का ओपनर मयन यादव ३२ रनमा आउट भएका थिए। नरेन भट्ट १४ रन र सन्तोष यादव शून्यमा पेभिलियन फर्के। उत्तम मगरले नटआउट १२ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकलाई नेपालले ३८.१ ओभरमा १२१ रनमा अलआउट गर्‍यो।

कर्नाटकका लागि ओपनर प्रथिकले ३७ रन र रिशव अपाचुले ४० रन बनाए। उसका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले चार चार विकेट लिन सफल भए। हेमन्तले ५.१ ओभरमा १ मेडन राख्दा १६ रन दिए। नरेनले १० ओभरमा ३ मेडन राखे भने २० रन खर्चिए। दयानन्द मण्डल र सन्तोष यादवको नाममा एक एक विकेट रह्यो।

यसअघि बुधबार मुलपानी मैदानमा भएको पहिलो खेलमा नेपाली टोलीमाथि कर्नाटकले एक विकेटको जित निकालेको थियो।

अब नेपाल र कर्नाटकबीच मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन्।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 24 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 38 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 39 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 45 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 42 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 41 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन