किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण

घोराही (दाङ), १९ असार : दाङको घोराही उपमहानगरपालिकाले कृषि व्यवसायमा आवद्ध किसानका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गरेको छ । कृषि व्यवसायलाई प्रबद्र्धन गर्न किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाल नीति तथा कार्यक्रममै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर काम गरेको हो ।

कृषिबाट नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्ने लक्ष्य लिएको घोराहीमा अहिले यसको नतिजासमेत देखिन थालेको छ । कृषिका लागि आवश्यक पूवार्धार तयार पार्नेदेखि काम गर्ने वातावरण बनाउने काम पालिकाले गरेको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि व्यावसायिक रुपमा जोडिएका किसानलाई विभिन्न उपकरणसँगै बीउविजन अनुदानमा उपलब्ध गरेको छ । कृषि पेसा, व्यवसायबाट जीविकोपार्जन गर्दै आएका किसानलाई ती अनुदानका कार्यक्रमले सहज पनि बनाएको छ । उपमहानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रबद्र्धन शाखाले चालु आर्थिक वर्षमा आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत विभिन्न विषादी किसानलाई अनुदानमा विरण गरिएको छ ।

व्यावसायिक कृषि फार्म चलाएका १० किसानलाई एक÷एक थान घाँस काट्ने विद्युतीय च्यापकटर, सात जनालाई एक÷एक पम्पसेट, १५ किसानलाई एक÷एक थान मोटर र एक जनालाई एक थान कर्न सेलर (मकै फोक्ने मेसिन) हस्तान्तरण गरिएको तथा ६ वटा अधुरा डिप बोरिङ निर्माण गरिएको उपमहानगरपालिकाका कृषि तथा पशुपक्षी व्यवसाय प्रबद्र्धन शाखा प्रमुख श्रीधर अधिकारी बताउनुहुन्छ । यस्तै २५ किसानलाई शीतभण्डारका लागि ५० प्रतिशत भाडा तिर्न अनुदान दिइएको छ । यस्तै ३५ किसानलाई व्यवसायमा जोड्न र उद्यमी बनाउन च्याउ खेतीसम्बन्धी तालिम दिइएको छ ।

प्रमुख अधिकारी किसान समूह र समितिलाई तरकारीको बीउ वितरण गरिएको बताउनुहुन्छ । अस्सी प्रतिशत अनुदानमा प्याजको बीउ प्रदान गरिएको छ । किसानको जीवनस्तरमा सुधार ल्याउन विभिन्न तालिमसमेत दिँदै आएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । धेरै जनशक्तिले गर्ने काम अहिले कृषि उपकरणको प्रयोगले क्षणभरमै गर्न सकिने भएको छ ।

शाखा प्रमुख अधिकारीका अनुसार ५० प्रतिशत अनुदानमा बाख्रा र भेडापालन गर्दै आएका १० परिवारलाई समूहमार्फत खोर निर्माणका लागि सहयोग गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण गर्न दुई पशुपालन समूहलाई तालिम प्रदान गरिएको छ । यस्तै भेडाबाख्रा र बङ्गुरपालनसम्बन्धी तालिम दिइएको छ । पशु चिकित्सक टोलीले गोठमै पुगेर पशुको स्वास्थ्य परीक्षण, समस्या पहिचान र निदान गर्ने गरी डोर टू डोर कार्यक्रम गरेको छ । पालिकाभित्रका पशुपालक किसानको पशुमा देखिएको बाँझोपनको समस्या पहिचान गरी गोठमै पुगेर उपचार गर्ने कामबाट ५० फार्मले सेवा प्राप्त गरेका छन् ।

व्यावसायिक रुपमा पशुपालन गर्दै आएका एक सय ७५ किसानलार्ई जोखिम न्यूनीकरण गर्न जुनेटिक रोगसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो । विदेशबाट फर्किएका युवालाई उनीहरुको मागको आधारमा विद्युतीय घाँस काट्ने मेसिन वितरण गरिएको छ । मुक्त कमलरीलाई आयआर्जन गर्न कुखुराका चल्ला वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि